एन प्याब्सनको खेल सप्ताहमा जुनियर र सिनियरका खेल सम्पन्न

प्रकाशित मिति:

झविन्द्र देवकोटा ,बुटवल, ११ माघ । नेशनल प्याब्सन रुपन्देहीको आठौँ खेल सप्ताह अन्तरगत जुनियर तथा सिनियर तर्फका विभिन्न खेलहरु सम्पन्न भएका छन् । सप्ताह अन्तरगत शुक्रबार जुनियर र सिनियरतर्फका छोटो र लामो दौड, रिले दौड, भलिवल, टेवलटेनिस, बेलुन बलास्ट, कुर्चि दौडलगायतका खेलहरु भएका हुन् ।सप्ताह अन्तरगत जुनियर छात्रतर्फ भएको १०० मिटरको हिट्स राउण्डबाट देवदह ई.बो.स्कुल, न्यू नमुनाई.बो स्कुल, देवदह ई.बो स्कुल, ब्राइट स्टार ई.बो स्कुल, सुनगाभा ई.बो.स्कुल, स्काईल्याण्ड ई।बो।स्कुल फाइनलमा प्रवेश गर्न सफल भएका छन् । छात्रातर्फको सोही खेलमा न्यू लुम्बिनी ई.बो स्कुल, पृथ्वी फलावर ई.बो स्कुल, सिद्धार्थ ग्यालेक्सी ई।बो।स्कुल,बुटवल ग्लोरी ई.बो स्कुल, मुनाल ई.बो स्कुल र न्यू नमुना ई।बो।स्कुल हिट्स राउण्डबाट फाइनलको लागी छनौट हुन सफल भएको छ । त्यसैगरी जुनियर तर्फको ४झ५० मि। रिले दौडको हिट्स राउण्डबाट देवदह ई.बो स्कुल, पृथ्वी फलावर ई.बो.स्कुल, स्काईल्याण्ड ई.बोस्कुल, सिद्धार्थ ग्यालेक्सी ई.बो स्कुल,न्यू नमुना ई.बो स्कुल र सुनगाभा पब्लिक स्कुल फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै छात्रातर्फको सोही खेलमा सैनामैना मेमोरियल स्कुल, न्यू लुम्बिनी ई.बो स्कुल,मिसन माउण्ट एकेडेमी, सन मोडल ई।बो।स्कुल,देवदह ई.बो स्कुल, न्यू नमुना ई.बो स्कुल हिट्स राउण्डबाट छनौट भई फाइलनमा प्रवेश गर्न सफल भएको छ । जुनियर तर्फकै छात्र तर्फको कुर्ची दौडमा न्यू नमुना ई।बो।स्कुलका सुभम अधिकारी प्रथम, पृथ्वी फलावर ई.बो स्कुलका सुदिप बमरेल द्धितिय, सिद्धी चिल्ड्रेन एकेडेमीका मनिस खनाल तृतीय र सुनगाभा पब्लिक स्कुलका उदय बस्याल सान्त्वना हुन सफल भएको छ । त्यस्तै सिनियर तर्फको छात्रा सटपुटमा देवदह ई.बो स्कुलका रिजिता थापा प्रथम, सुनगाभा पब्लिक ई.बो स्कुलका रेश्मा घोतने द्धितिय, स्कलर्स होम ई.बो स्कुलका नविना श्रेष्ठ तृतीय र मिसन माउण्ट एकेडेमीका नमुना चौधरी सान्त्वना हुन सफल भएको छ भने सिनियर तर्फकै ४०० मिटर हिट्स राउण्डबाट न्यू नमुना ई.बो स्कुल, सगरमाथा ई.बो स्कुल, सन मोडेलई.बो स्कुल, देवदह ई.बो स्कुल, सुनगाभा पब्लिक स्कुल र सैनामैना मेमोरियल स्कुल फाइनलमा प्रवेश गर्न सफल भएको छ ।भलिवल तर्फ शुक्रबार भएको क्वाटर फाइलन खेलमा छात्र तर्फ एक्सिस सेकेण्डरी स्कुल र ग्यालेक्सी ई.बो स्कुल बिच भएको खेलमा एक्सिस सेकेण्डरी स्कुल सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ भने सगरमाथा ई.बो स्कुल र कोलिय ई.बो स्कुल बिच को खेलमा कोलिय ई.बो स्कुल विजय भई सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै न्यू नमुना ई.बो स्कुल र सुनगाभा ई।बो।स्कुल बिच भएको खेलमा न्यू नमुना ई.बो स्कुल विजय भई सेमिफाइलनमा प्रवेश गर्न सफल भएको छ । छात्र तर्फको क्वाटर फाइनलको अन्तिम खेलमा मनास्लु ई.बो स्कुल र सैनामैना मेमोरियल स्कुल बिच भएको खेलमा सैनामैना मेमोरियल स्कुल विजय भई सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै छात्रा तर्फको भलिवल खेलमा एक्सिस सेकेण्डरी स्कुल र मनास्लु ई.बो.स्कुल बिच भएको खेलमा एक्सिस सेकेण्डरी स्कुल विजय भएको छ भने स्कलर्स होम ई.बो स्कुल र ग्यालेक्सी ई.बो स्कुल बिच भएको दोस्रो खेलमा ग्यालेक्सी ई.बो.स्कुल विजय भएको छ । त्यसैगरी सुनगाभा पब्लिक र न्यू लुम्बिनी ई.बो स्कुल बिच भएको खेलमा न्यू लुम्बिनी ई.बो.स्कुल विजय भएको छ र छात्रा तर्फको पहिलो चरणको अन्तिम खेल कोलिय ई.बो.स्कुल र देवदह ई.बो.स्कुल बिच भएको खेलमा देवदह ई.बो.स्कुल विजय भई दोस्रो चरणमा प्रवेश गर्न सफल भएको प्रतियोगिताका संयोजक बाबुराम बन्जाडेले जानकारी दिनुभयो ।