क्यान इन्फोटेक २०१९ को तयारी पुरा

प्रकाशित मिति:

काठमाडौं–कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ । मेलामा नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनी हुनेछन् ।

नयाँ–नयाँ स्किम

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ ।सुबिसुले अवलोकनकर्तालाई लक्षित गरी ल्याएको नयाँ–नयाँ स्किमबारे मेलास्थलमै जानकारी गराउनेछ ।मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक÷एक जोडीले दुई रातका लागि खाने–बस्नेसहित जाने–आउने टिकट पाउनेछन् । ईसेवा बाट यी सबै सुविधा उपलब्ध हुने आयोजकले बताएको छ ।त्यस्तै, दैनिक पुरस्कारअन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशुलीमा ¥याफ्टिङ, पोखरामा बञ्जीजम्प अथवा जिपफ्लायर र केजीएच गु्रप अफ होटल्समा हरेक दिन एक जोडीलाई एक रात बस्ने सुविधा मिल्नेछ ।यसबाहेक, हरेक दिन पाँच जनालाई दुई हजार रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गर्ने पनि आयोजकले जनाएको छ । त्यस्तै, ६० जनालाई दुई सय रुपैयाँ बराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन् ।

त्यसैगरी, क्यान इन्फोटेकमा एनसेलको पनि आकर्षक स्टल रहनेछ । यस स्टलबाट अवलोकनकर्ताले आफ्नो एनसेल थ्रिजी सिमलाई सहजै फोरजी सिममा परिवर्तन गर्न र नयाँ सिम लिन सक्नेछन् । मेलामा प्रो लिङ्कले नयाँ नयाँ ग्याजेट्सहरु आईपी क्यामेरा, ट्राभल चार्जर, प्रिजेन्टर, फोर जी मोडेम लगायत लन्च गर्दै छ ।यसैगरी बिभिन्न कम्पनीहरुले ल्यापटप, प्रिन्टर, कम्युटर, सि।सी टी।भि, प्रोजेक्टर, एंटीभाइरस, बिधालयमा प्रयोग हुने स्मार्ट बोर्ड लगायतका सामानहरुमा आकर्षक छुट प्रदान गर्ने छन् ।

मेलाका आकर्षणयसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने अपेक्षा गरिएको छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइनेछ । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान हुनेछ ।प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रुपैयाँबराबरको बिमा गर्नेछ । त्यस्तै, कम्पनीले प्रत्येक स्टललाई पाँचवटा बिमा पोलिसी प्रदान गर्नेछ ।कुल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

थप समाचार