बहुमतको बलमा सरकारले संसदीय सर्वोच्चताको दुरुपयोग गर्‍यो: विवेकशील साझा

प्रकाशित मिति:

काठमाण्डाै – विवेकशील साझा पार्टीले अनसनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमति विपरीत बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै सरकारको आलोचना गरेको छ ।शुक्रबार विज्ञप्ति निकालेर विवेकशील साझा पार्टीले सरकारकाे आलाेचना गरेकाे हाे ।बहुमतकाे बलमिच्याइँमा लागेर सरकारले संसदीय सर्वोच्चताको दुरुपयोग गरेकाे पनि उसले जनाएको छ ।

विवेकशील साझाले आइतबार माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने पनि जनाएकाे छ ।