डिप्रेसन कम गर्न पुदीनाको सेवन

प्रकाशित मिति:

काठमाडौँ – पछिल्लो समय डिप्रेसन हुने मानिसको संख्या बढ्दो रहेको पाईन्छ । डिप्रेसन कम गर्न मानिसहरु अस्पाताल धाउने गछृन । तर हाम्रै घर वरीपरी पाईने पुदीनाको कारण पनि डिप्रेसन कम हुदैँ जान्छ । पुदीनाको सेवन गर्दा खान पचाउने र अन्य विविध रागहरुबाट छुटकार पाउन सकिन्छ । यसको प्रयोग सबै ठाउँहरुमा गरेको पाइन्छ ।

यसले तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम पनि गर्छ। स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यदि श्वासको दुर्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।