भुटानी वडामहारानी बुद्धस्थल तिलौराकोटमा

प्रकाशित मिति:

भुटानकी वडामहारानी आसी दोर्जी वाङमो वाङचुकले बुद्धस्थलको तिलौराकोटको अवलोकन भ्रमण गर्नु भएकोछ ।बडामाहरानी वाङचुकले परिवारका सदस्य सहित बुद्धस्थल तिलौराकोटको निजी भ्रमण गर्नु भएको हो ।निजी भ्रमण भएकाले सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाईएको थियो । बडामाहारानीले दरबारको पश्चिमीद्धार, मुख्य दरबार क्षेत्र, पूर्विद्धार र हाल उत्खनन भएका क्षेत्रको अवलोकन गर्नु भएको थियो ।

लुम्बिनी बिकास कोषका कर्मचारी, जिल्लाका सुरक्षा निकायका प्रमुख र उत्खननमा सहभागी टोलीले तिलौराकोटमा स्वागत गरेका थिए । बुद्धस्थल तिलौराकोट राजा शुद्धोधनको राजधानी तथा गौतम बुद्धले आफ्नो बाल्यकालदेखि युवा अवस्थाको २९ बर्ष बिताएको स्थलको रुपमा परिचित छ