महिला सशक्तिकरणका लागि उद्घोषण तालिम सुरु।।

प्रकाशित मिति:

नरेश चौधरी ,कंचन १ को कुचरामा  महिला सशक्तिकरणका लागि उद्घोषण तालिम सुरु भएको छ । जि.सि.टी. मल्टिमिडिया प्रालि, रेडियो टाइम्सको आयोजना तथा कंचन गाउपालिकाको आर्थिक सहायोगमा तालिम सुरु भएको हो ।तालिमको उद्घाटन गर्दै कंचन गाँउपालिकाकी उपाध्यक्ष गोमा तरामु मगरले महिलाहरु अगाडी नबढे सम्म तथा राज्यका हरेक निकायमा महिलाहरु नपुुगे सम्म समाज विकासका काम गर्न कठिन हुने बताउनु भयो । केहि महिलाहरु राज्यको विभिन्न निकायमा पुगे पनि धेरै महिलाहरु घरकै काममा सिमित हुंदा उनिहरुलाई सशक्तिकरणका माध्यमबाट समाजमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।

वडा नं १ का वडा अध्यक्ष हरिनारायण थारुले समाजमा अझै पनि धेरै महिलाहरुले आफ्ना मनका अभिव्यक्तिहरु ठाउँमा प्रस्तुत गर्न नसक्दा विभिन्न कामहरु गर्न बाट बञ्चित भैरहेको हुंदा अब महिलाहरु बोल्ने तथा सिक्ने र सिकेको कुरा व्यवहारमा उतर्नु पर्ने बताउनु भयो । समाज निर्माणमा महिलाहरुको भुमिका उच्च रहेको र उनिहरुलाई अगाडी बढाउनु सरोकारवालाहरुको दायित्य भएको उहांले भन्नु भयो ।
कार्यक्रममा वडा सदस्यहरु गोमा कार्की, खगेश्वर भुषाल, दिलाराम थापा संचारकर्मी तथा प्रमुख प्रशिक्षक रिषिराम न्यौपाने, रेडियो टाइम्सकी अम्बिका पन्था लगाएतले तालिमको शुभकामना दिनुभएको थियो । तलिम ४ दिन सम्म संचालन हुने छ ।