विश्वकै सस्तो टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा

प्रकाशित मिति:

टाटा नानो कारको उत्पादन बन्द हुने भएको छ । विश्वकै सबैभन्दा सस्तो मानिएको कारको उत्पादन यहि वर्षबाट बन्द हुने भएको हो । भारतीय उत्पादन रहेको सो कार भारतीय जनताले नरुचाएको भन्दै बन्द गर्न लागेको हो । २००९ मा विश्वकै सस्तो कारको रुपमा ल्याएको सो कारको लागत बढेको भन्दै कम्पनीले बन्द गर्न लागेको हो ।

सस्तोमा धेरै भन्दा धेरै भारतका जनताको हातमा कार पुगोस भन्ने अवधारणाको साथ ल्याईएको सो कार नै भारतका जनताले नरुचाएको भएर पनि कम्पनीले नानो कारको उत्पादन रोक्न लागेको टाटा समुहको भनाई रहेको छ । विश्वकै सस्तो कारको उपमा समेत पाएको कारको बिक्रीमा मन्धी आए संगै नानोको उत्पादन बन्द गर्ने घोषणा नानो कार उत्पादकले गरेका हुन् ।