म्याग्दीमा आगलागी, एक घर जलेर नष्ट
११ माघ २०७५, शुक्रबार ० बिचार / प्रतिक्रिया

Flame.Fragment.Background.; Shutterstock ID 289828547
आगलागीबाट एक घर जलेर नष्ट भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार दिउँसो भएको आगोलागीबाट एक घर जलेर नष्ट भएको हो । घारको तोपेचौरस्थित भुपेन्द्रबहादुर खड्काको एक तले पाँचकोठे घरमा आगोलागी हुँदा जलेर पूर्णरुपमा क्षति भएको हो ।
सिलिण्डरबाट ग्याँस चुहावट भएर आगोलागी भएको अनुमान गरिएको थियो । प्रहरी र स्थानीयबासीले आगोलागी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल हुन नसक्दा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया