सरकारविरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

राजनीति पुर्वाग्रहबाट प्रेरित भइ सरकारले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।

प्रकाशित मिति:

बुटवल – राजनीति पुर्वाग्रहबाट प्रेरित भइ सरकारले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाइ संघ मातहत नराख्ने सरकारको निर्णयविरुद्ध शुक्रबार ९आज०काँग्रेसले बुटवलको ट्राफिक चोकमा विरोध प्रर्दशन तथा कोणसभा गरेको छ। कोण सभामा बोल्ने नेताहरूले बहुमतको दम्भमा सरकारले एकलौटी रुपमा गलत निर्णय गरेको भन्दै आन्दोलनलाई अझ कडा पारिने चेतावनी दिएको छ।कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाई नभएको भन्दै तत्काल निर्णय सच्चाउन माग गरे। दश वर्षसम्म हतियार बोकेर जंगलमा बसेको तत्कालिन माओवादीलाइ शान्ति प्रक्रियामा ल्याइ शान्ति सुव्यवस्था कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने गिरीजाप्रसाद र वर्तमान संविधानका पिता सुशील कोइराला नेपाली कांग्रेसका मात्रै नेता नभइ देशकै गौरवशाली नेता भएको सभापति रज्जाकले बताए।

कार्यक्रममा नेताहरू रामकृष्ण खाँण, बिष्णु पोख्रेल, रामप्रसाद अधिकारी लगायतले गिरीजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णयबाट सरकार पछाडी नहनेसम्म कांग्रेसको आन्दोलन नरोकिने बताए। राजनीतिक पुर्वाग्रह राखेर लिइएका गलत निर्णय नसच्चिए सरकारविरुद्ध कडा संघर्षका कार्यक्रम गर्ने बताए।

विरोधसभामा बोल्ने नेताहरूले प्रतिपक्षी दलको नेता बिनै संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेर सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै आपत्ती जनाए। डा।गोबिन्द केसीले उठाएका मागहरू आम जनताको पक्षमा रहेकाले तत्काल तीनको सम्बोधन गरी डा। केसीको जीवन रक्षाको माग पनि गरेका छन्। भेला अघि नेता कार्यकर्ताले बुटवलको महेन्द्रपार्कबाट ट्राफिक चोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै र्याली निकालेका थिए।