पैंतीस दिन पछि डोनल्ड ट्रम्प र डेमोक्रेट नेताहरु बन्द खोल्न सहमत

प्रकाशित मिति:

अमेरिका जनवरी २५ लगातार ३५ दिनसम्म बन्द रहेको अमेरिकी संघीय सरकार बन्दलाई अस्थायी रुपमा फेब्रुअरी १५ सम्मका लागि खुलाउन राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेट नेताहरु सहमत भएका छन्। सहमतिको औपचारिक घोषणा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको रोज गोर्डेनबाट आज दिउँसो १३० बजे गरेका हुन्। कामको तलब नपाउने स्थितिमा लाखौं संघीय सेवाका कर्मचारीहरु बेतलबी बिदामा बसेका र बिस्तारै हवाई सेवा र विमानस्थल सुरक्षा जस्ता अत्यावश्यकीय सेवामा समेत बन्दको असर पर्न थालेपछि डेमोक्रेट र रिपब्लिकन दुबै पार्टीका नेताहरुलाई सरकार खुलाउन दबाव बढ्न थालेको थियो। त्यही प्रयास स्वरुप हिजो सिनेटमा मतदानमा गएको डेमोक्रेट र रिपव्लिकन प्रस्तावहरु आवश्यक ६० मत पाउन नसकेर असफल भएपछि सरकार खुलाउन राष्ट्रपति ट्रम्प र डेमोक्रेट नेताहरुबीच आज ह्वाइट हाउसमा वार्ता भएको हो।  अमेरिका मेक्सिको सिमामा पर्खाल बनाउन ५ ७ बिलियन डलर बजेट डेमोक्रेट नियन्त्रित हाउसले दिन अस्वीकार गरेपछि खर्च विधेयकमा सहमति हुन सकेको थिएन र राष्ट्रपतिले हस्ताक्षर नगरी बसेका कारण सरकार बन्द भएको थियो।

अब तीनहप्ताका लागि सरकार खुलाउने सहमति अनुरुपको विलमा राष्टरपतिले तत्काल हस्ताक्षर गर्ने जनाएका छन्। सरकार बन्द नखुली सिमा पर्खालका लागि राष्ट्रपतिले मागेको बजेटका विषयमा थप छलफल गर्न हाउस स्पिकर न्यान्सी पोलिसीको अस्वीकार गर्दै आएकी थिइन्। सरकार खुलेसंगै दुबैदलका नेताहरुले आपसी छलफललाई जारी राख्ने र सिमा पर्खालका बारेमा आवश्यक सहमति गर्ने थप समय पाएका छन्। सर्कार खुलाउन डेमोक्रेटिक नेताहरुसंग भएको सहमतिको घोषणा गर्दै राष्ट्रपतिले बोर्डर वालका लागि आवश्यक बजेटमा सहमति नभए आफूसंग भएको असाधारण शक्तिको प्रयोग गरेर भएपनि बोर्डर वाल बनाइ छाड्ने बताएका छन्। यदि डेमोक्रेट नियन्त्रित हाउसले उनको चाहना अनुसारको बजेट पास गर्न नमाने नेशनल इमर्जेंसी घोषणा गर्ने बिकल्पमा जानसक्ने चेतावनी राष्ट्रपतिले दिएका छन्। सकेसम्म त्यो बिकल्पको प्रयोग गर्नु नपरोस् भन्ने आफूले चाहेको पनि राष्ट्रपतिले बताए।
तस्बिर सिबिएसएन टिभि प्रशारणबाट