शनिवारको दिन कस्तो छ ?

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको १२ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको षष्ठी तिथि राति १०.२५ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । हस्ता नक्षत्र राति ९.४ बजेसम्म रहनेछ । आज सुकर्म योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५५ मा छ भने सूर्यास्त बेलुका ५.३८ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष शान्त हुनेछ ।