राति किन रुन्छन् बच्चा, यस्ता छन् कारण

प्रकाशित मिति:

बच्चाले सानैदेखि सपना देख्ने गर्दछन् । यही क्रममा कहिलेकाँही डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात ब्युँझिन्छन् र रुन थाल्छन् ।बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्दछन् । कहिलेकाँही बीचबीचमा असहज अनुभूति गर्दछन् । यसको प्रभावस्वरुप राति रुन थाल्दछन् । दिनको समयमा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अध्याँरोदेखि डराएर एक्लो महसुस गर्दछन् । बच्चा आसपासको तापक्रम घटबढ हुँदा निद्राबाट ब्युँझिएर बच्चा रुन थाल्दछन् ।

कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासी अर्धहोस भएर रुन थाल्दछन् ।
बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा आछ्यान चिसो हुन्छ । चिसो भएपछि पनि बच्चा रुन थाल्छ । साथै सुत्ने ठाँउ आरामदाही नहुँदा पनि अनीहरु रुन्छन् ।