नेपाललाई तेस्रो झड्का, विनोद, ज्ञानेन्द्र र दीपेन्द्र आउट

प्रकाशित मिति:

यूएई /  यूएई  विरुद्धको एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका तीन जना ब्याट्सम्यान आउट भइसकेका छन् । अहिलेसम्म विनोद भण्डारी २१, ज्ञानेन्द्र मल्ल ४४ र दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए ।पहिलो विकेटका रुपमा  विनोद भण्डारी आउट भएका थिए । ६१ रनमा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेट ६७ रन हुँदा गुमाएको थियो ।

६७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ४४ रनमा आउट भएका थिए । उनी जहोर खानका बलमा इमरान हैदरबाट क्याच भएका थिए । तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी १० रन बनाएर आउट भए । ऐरी आउट हुँदा नेपालले २२ ओभरमा ३ विकेट गुमाएर ८५ रन जोडेको छ ।  अहिले क्रिजमा पारस खड्का र पवन शर्राफ रहेका छन् ।