श्रम सम्झौता बारे छलफल गर्न नेपाली टोली ओमान प्रस्थान

१२ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
19 Shares


काठमाण्डौ – ओमान र युएईसँग गरिने श्रम सम्झौताबारे छलफल गर्न नेपाली टोली शनिबार ओमान गएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली बिहान ओमान गएको हो ।सम्झौताका लागि ओमानले दुई महिनाअघि खाका पठाएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको पाँच सदस्यीय टोलीले ओमानको प्रस्तावमा छलफल गरेर आफ्नो प्रस्ताव तयार पारेको छ ।नेपालले ओमानसँग श्रमिकमाथि व्ययभार तथा ठगीमा नपर्ने गरी श्रम सम्झौता गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । एमओयूमा कामदारको हित, व्यवसायजन्य सुरक्षा, बीमा, महिना पूरा भएको निश्चित समयमा तलब बैंक खातामै दिनुपर्ने व्यवस्था र राहदानी कामदारले राख्न पाउने गरी प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ ।शनिबार ओमान गएको नेपाली टोलीले आइतबार र सोमबार वार्ता गर्नेछ । ओमासँगको वार्तापछि टोली त्यतैबाट यूएई जानेछ । यूएईसँग बुधबार र बिहीबार छलफल हुनेछ । यूएईसँग भने यसअघि भएको श्रम समझदारी नवीकरणका लागि छलफल हुने मन्त्रालयले जनाएको छ ।

यूएईसँग सन् २००७ मा एमओयू भएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक जाने देशहरुसँग श्रम सम्झौता गर्ने र भएका समझदारीहरुको पनि नवीकरण गर्ने निर्णय गरेपछि यूएईले डेढ महिनाअघि नवीकरणका लागि एमओयूको मस्यौदा पठाएको थियो । दुवै देशसँग गरिने सम्झौता र समझदारीमा शून्य लागतलाई जोड दिने सरकारले जनाएको छ ।टोलीले वार्ता गरेर नेपालको प्रस्तावमा छलफल गरेपछि सहमति गर्न सकेमा दुवै सरकारको मन्त्रीस्तरमा हस्ताक्षर हुनेछ । काठमाण्डौमा सम्पन्न नेपाल कोलम्बो प्रोसेसको बैठकले शून्य लागतमा कामदार पठाउने निर्णय गरेको र जीसीएम ९ग्लोबल कम्प्याक्ट फर माइग्रेसन० का धेरै सदस्य देशहरु पनि शून्य लागत कार्यान्वयन गर्न सहमत भएकाले नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी शून्य लागतमा समझदारी गर्न लागेको हो ।

सरकारले यसअघि मलेसियासँग दुई पक्षीय श्रम सम्झौता गरिसकेको छ । सम्झौता भएको लामो समयसम्म पनि कामदारका लागि मलेसिया जाने बाटो नखुलेको भन्दै आलोचना भइरहे पनि सरकारले आउँदो मार्चदेखि कामदार जान पाउने बताएको छ । मलेसियाले मार्चबाट नयाँ प्रणालीमार्फत कामदार लान सुरु गर्ने भएकाले त्यसपछि नेपालीका लागि मलेसियाको रोजगारी खुल्ने मन्त्रालयको भनाई छ ।यसैविच नेपालले कतारसँग पनि पुनः श्रम सम्झौता गर्न आन्तरिक तयारी गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । फागुन १५ भित्रै नेपाल र कतारका प्राविधिक टोलीबिचमा छलफल हुनेछ ।कतारसँग यसअघि सन् २००५ मा श्रम सम्झौता भएको थियो । तर सम्झौताले नेपाली कामदारको सुरक्षाका विषय समेट्न नसकेकाले सरकारले कतारसँग फरी नयाँ श्रम सम्झौता गर्ने भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या