गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

प्रकाशित मिति:

रौतहट – रौतहटको गौर चन्द्रनिगाहपुर खण्डको चन्द्रपुर ८ मा  बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिँदा दुर्घट्ना भएको खुल्न आएको तर ठक्कर दिने गाडीको पहिचान भने भएको छैन ।त्यस खण्डको सन्तपुर पोखरी नजिकै ग ४ प २१९२ नम्बरको मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिँदा दुर्घट्ना भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

मोटरसाइकल चालक रंगपुर ६ बस्ने २४ वर्षका मुकेश चौधरी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डीएसपी युवराज खड्काले बताउनुभयो ।मृतक थारु टाउकोको दाहिने भागमा चोट लागेर घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि चन्द्रपुरमा रहेको सरकारी अस्पतालमा ल्याइएको र उपचार गर्ने क्रममा चिकित्सकले मृत्यु भएको बताएका थिए ।शवलाई पोष्टमार्टमका लागि अस्पताल राखिएको र ठक्कर दिने गाडीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार