जीप दुर्घटनामा चालकको मृत्यु, ७ जना घाइते

प्रकाशित मिति:

उदयपुर – कटारी नगरपालिका १० हात्तीसुडेको भिरमा शुक्रबार राति जीप दुर्घटना हुदाँ चालकको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।कटारीबाट चिपटार जाने क्रममा हात्तीसुडेको भिरमा ग १ ज ४८८६ नम्बरको जीप दुर्घटना हुँदा चालक तेजबहादुर थापाको घटनास्थलमै ज्यान गएको हो ।

जीप अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ ।