दोस्रो एक दिवसीयमा रोहित कुमार पौडेलको शानदार अर्धशतक

प्रकाशित मिति:

यूएई  / यूएई विरुद्धको दोस्रो एक दिवसीय खेलमा रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन् ।उनले ५४ बलमा ७ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् । उनी ५८ रनमा ५५ रन बनाउँदै आमिर हयातको बालमा खेलको ४७ ओभरको पहिलो बलमा आउट भए ।

पाँच जना खेलाडी आउट भएपछि क्रिजमा आएका रोहितले आरिफ शेखसँग दरिलो साझेदारी पनि गरेका छन् । जुन, नेपाली एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रनको साझेदारी हो । उनीहरूकाबीचमा ८२ रनको साझेदारी भएको थियो ।उनले अनिल कुमार शाह र ज्ञानेन्द्र मल्लले नेदरल्याण्ड्सविरुद्ध गरेको ५८ रनको साझेदारी र आजै ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीको ६१ रनको साझेदारीलाई पछि पारेका छन् ।