बुटवल महिला जेसिजको २३ औं पदस्थापन सम्पन्न,, वर्ष २०१९ का लागि निर्वाचित समितीद्धारा पदभार ग्रहण

प्रकाशित मिति:

सन्जु पौडेल ।। माघ १२, बुटवल ।
बुटवल महिला जेसिजको २३ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका पूर्व अध्यक्ष श्रीधर वस्यालले देशमा युवाहरु आफूहरु परिवर्तन भएर अघि बढे देश विकासले फड्को मार्ने बताउनुभयो । वहांले अग्रजहरुले पुरानो संस्कारबाट माथि उठेर सही प्रणालीको प्रयोग गरी देशको ढांचा परिवर्तन गर्नुपर्ने भनाई राख्नुभयो । साथै वहांले युवा वर्गमा जेसिजले पारेको प्रभावले समाजमा सकारात्मक सन्देश प्रवाह भइरहेकोमा खुशि व्यक्त गर्नुभयो । यस्तै विशिष्ठ अतिथी नेकपाका जिल्ला अध्यक्ष गोपाल भट्टराईले महिला जेसिजले महिला वर्गमा पुर्याएको क्षमता विकासको योगदानको कदर गर्दै महिलाहरु सक्षम हुन सक्ने उदाहरण महिला जेसिज भएको बताउनुभयो ।

त्यस्तै सिद्धार्थ लेडी जेसिजका अध्यक्ष विन्दु काफ्लेले बुटवल महिला जेसिजबाट हरेक शाखाले सिक्न पाएकामा खुशि व्यक्त गर्दै नयां कार्यसमितीलाई शुभकामना दिनुभयो ।बुटवल महिला जेसिज वर्ष २०१८ का अध्यक्ष राधिका पोख्रेलले १ वर्षको समयावधी मा आफूले गरेका कार्यहरुमा सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफू अध्यक्ष हुंदा सहयोग गर्ने पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, शुभेच्छुक संस्थाहरु र पत्रकारहरु समेतलाई सम्मान समेत गर्नुभएको थियो । निर्वतमान भईरहंदा पनि जेसिजमा आफ्नो जिम्मेवारी निभाउनमा कमी नराख्ने वहांले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वर्ष २०१८ मा उत्कृष्ट पदाधिकारीबाट महासचिव लक्ष्मी थापा, कार्यक्रम संयोजक बाट अनुपमा श्रेष्ठ, र सदस्यबाट गिता ज्ञवाली सम्मानित हुनुभएको थियो । कार्यक्रममा ज्योती लाईफ ईन्सुरेन्स ५ न प्रदेश प्रमुख चरणदास तिमिल्सिना,नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय उपाध्यक्ष द्धय विजय गुरुङ, राजेन्द्र घिमिरे, बुटवल जेसिजका निर्वतमान अध्यक्ष यम प्रसाद तिवारी, वर्तमान अध्यक्ष नरदेव वाण्डे, विभिन्न शाखा जेसिजका अध्यक्षहरु ,बुटवल महिला जेसिजका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी एवम् पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वर्ष २०१८ का कार्यकारिणी उपाध्यक्ष अनुपमा श्रेष्ठले स्वागत गर्नुभएको थियो । सपना कार्कीले जेसिजको आस्था पाठ गर्नुभएको थियो भने जेसिजको मिशन र भिजन बारे संगिता ढकालले प्रस्ट्यानुभएको थियो । कार्यक्रमको संचालन वर्ष २०१९ का कानूनी सल्लाहकार कल्पना कुसुमले गर्नुभएको थियो । कार्यक्रममा बुटवल महिला जेसिजको वर्ष २०१८ को स्मारिका सृष्टि र वर्ष २०१९ का प्रकरन राईजिङ फर रेस्पोनसिबीलीटी को पनि विमोचन गरिएको थियो । बुटवल महिला जेसिजको वर्ष २०१९ का लागि लक्ष्मी थापाको अध्यक्षतामा नयां कार्यसमितीले पदभार गरेको हो ।