एन प्याब्सन खेल सप्ताहको उपाधी देवदहलाई

प्रकाशित मिति:

झविन्द्र देवकोटा,बुटवल, १२ माघ । रुपन्देहीको बुटवलमा भएको आठांै एन प्याब्सन खेल सप्ताहको उपाधी देवदहले जितेको छ । गएको बिहीबारदेखि सुरु भएको प्रतियोगितामा देवदह इङ्गलिस बोर्डिङ्ग स्कूलले विभिन्न खेलकुदका इभेन्टमा १ सय २३ अंक प्राप्त गर्दै उपाधी सहित शिल्ड तथा प्रमाणपत्र हात पारेको हो । यस्तै १ सय २० अंक सहित सुनगाभा इङ्गलिस बोर्डिङ्ग स्कुल द्वितीय भएको छ भने १ सय ८ अंक प्राप्त गरेको सनमोडल इङ्गलिस बोर्डिङ्ग स्कुलले तृतिय स्थानमा चित्त बुझाएको छ । खेल सप्ताहमा न्यू नमुना इङ्गिलिस बोर्डिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेको छ ।यसैबीच खेल सप्ताहकै अवसरमा भएको भलिवलको उपाधी छात्रतर्फ एक्सीस मावि बुटवल, छात्रातर्फ सगरमाथा आवासिय माविले उचाल्दै शिल्ड तथा प्रमाणपत्र हात परेका छन् । त्यसैगरी छात्रा भलिवलमा सैनामैना मेमोरियल द्वितीय, कोलीय मावि तृतिय भए । यस्तै छात्रातर्फ देवदह मावि द्वितीय र एक्सीस मावि तृतीय भएका हुन् ।

विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खेलकुदले विद्यार्थीको चौतर्फि विकास गर्ने भएकाले एन प्याब्सनले विभिन्न समयमा गर्ने खेलकुदका कार्यक्रम सर्हानीय रहेको बताउनुभयो । उहाँले सीपमुलक शिक्षाको आवश्यकता अहिले रहेको उल्लेख गर्दै सीपमुलक शिक्षासँगै खेलकुदका कार्यक्रमलाई निरन्तरगर्नु पर्नेमा जोड दिनुभयो । एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला शिक्षा विकास समन्वय समितिका प्रमुख दिपेन्द्र ढकाल, एन प्याब्सन प्रदेश उपाध्यक्ष विष्णु पौडेल, सहसचिव होमनाथ ढंगाना, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यालयमा शैक्षिकसँगै अतिरिक्त कृयाकलापहरुलाई महत्व दिनु पर्ने बताउदै संस्थागत विद्यालयले त्यो जिम्मेवारीलाई पुरा गरेको जिकिर गर्नुभयो । इन डोर र आउट डोरका खेलहरु गरी एक सातासम्म चलेको खेल सप्ताहमा रुपन्देहीको विभिन्न स्थानमा रहेका २५ संस्थागत विद्यालयका एक हजार दुई सयबढी विद्यार्थीहरु सहभागि भएका खेल सहसंयोजक विनोद थापामगरले जानकारी दिनुभयो । खेल सप्ताह अन्तरगत भलिवल, टेवलटेनिस, ब्याटमिन्टन, हाईजम्प, लडजम्प, कुर्चि दौड, बेलुन ब्लास्ट लगायतका विभिन्न खेलकुदका इभेन्टहरु भएका थिए ।

ब्ततबअजmभलतक बचभब