मलेशियामा एक नेपालीको ज्यान गयो

प्रकाशित मिति:

मलेशिया / वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।माप्य, दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उहाँका भाइ दानकुबिर राईले जानकारी दिनुभयो ।मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्ने सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत हुनुहुन्थ्यो ।

मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ ।