वुटवल पुगेर भुपेन्द्रजंग शाहीले भने : कम्युनिस्टलाई सडकबाट फाल्न कांग्रेस तयार छ

१२ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल । नेपाल तरुण दलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको अधिनायकवाद भ्रष्टाचार र अनियमितताविरुद्ध पाँचौँ प्रदर्शन गरेको छ । प्रदेश ५ को राजधानी बुटवलमा शनिबार तरुण दलले ओली सरकारविरुद्ध प्रदर्शन गरेको हो । हज्जारौँ तरुण युवाहरूको सहभागिता रहेको विरोध र्‍यालीले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध नारावाजी गरेको थियो । सभालाई सम्वोधन गर्दै अध्यक्ष बस्नेतले भने अधिनायकवादका विरुद्ध लड्न र यो देशमा प्रजातन्त्र पुनःस्थापना गर्नका लागि गोली खाने अवस्था आउने समय आउन सक्छ । टाउको फुट्न सक्ने अवस्था आउन सक्ला । प्रजातन्त्रका लागि लड्नुपर्ने बेला भैसकेको छ । सदन र सडक आन्दोलन गर्नुपर्ने भएको छ । समय आइसकेको छ । सडक तताउने दिन आइसक्यो ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले संसदमा कांग्रेसलाई कम्युनिस्टहरूले पेलेर चिकित्सा विधेयक पारित गरेको भन्दै शुक्रबारको दिन कालोदिनको रुपमा गनिने बताए । उनले कांग्रेसले गरेको घेराउलाई छलेर चिकित्सा विधेयक पारित गरिएको बताए । कम्युनिस्टहरूले अब सहमतिको राजनीति छाडिसकेका छन् । कम्युनिस्टहरूसँग सहममति गर्न कांग्रेसलाई आवश्यक छैन उनले भने यो कम्युनिस्टलाई सडकबाट फाल्न कांग्रेस तयार छ । सफल पनि हुन्छ । प्रदेशस्तीय विरोध र्‍याली र विरोध सभा गर्दै आएको तरुण दलले बुटवलमा भव्य कार्यक्रम गरेको छ । माघ ८ गतेदेखि शुरु भएको तरुण दलले विरोध र्‍याली र विरोध सभा विराटनगर जनकपुर हेटौँडा पोखरा हुँदै बुवटलमा पाँचौँ विरोध प्रदर्शन भएको छ । तरुण दलले अब कर्णाली प्रदेशको राजधानी आइतबार वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार अन्तिम विरोध र्‍याली र विरोध सभा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया