बाराका प्रमुख जिल्ला अधिकारी चढेको जीप दुर्घटना, १ जनाको मृत्यु ३ घाइते

प्रकाशित मिति:

सिमरा । बाराका प्रमुख जिल्ला अधिकारी चढेको जीप दुर्घटना भएको छ । अधिकारी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको रहेका छन् ।दुर्घटनामा परी बाराका प्रमूख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते भएका हुन् । दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएको प्रहरी स्रोतले जनाएको छ । घाइते मध्य बाराका प्रमूख जिल्ला अधिकारीको अवस्था गम्भिर छ ।

अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्रयाक्टरको टेलरसंग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाईन अस्पताल सिमरामा राखिएको छ भने, प्रजिअ भट्टराई सहित अन्य घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । दुर्घटनापछि उपचारका लागि अल्पाईन अस्पताल पु¥याइएका एसपी पोखरेललाई चिकित्सकले मृत घोषित गरेका छन् ।