भेनेजुयेलाका नयां राष्ट्रपति लाई नेपाली कोे समेत समर्थन

प्रकाशित मिति:

काठ्माण्डौ ।। संयुक्त राज्य अमेरिका लगायत युरोपियन देशहरुले भेनेजुयेलाको अन्तरिम राष्ट्रपति जुआन गाइडो लाई गरेको समर्थन प्रति ग्रामिण क्लब हाउस नेपालले समर्थन जनाएको छ । क्लबका अध्यक्ष मुकुन्द सुवेदी द्धारा जारी विज्ञप्तीमा नेपाल सरकार र राजनितीक पार्टीहरुलाई समेत अमेरिकाले चालेको कदमलाई प्रतिबद्धता जनाउन अपिल गरेको छ । हालै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयेलाका राष्ट्रपति  जुआनलाई अमेरिकाले गरेको समर्थनमा गरेको विरोध प्रति कडा शब्दमा प्रेस विज्ञप्ती मार्फत भत्र्सना गरिएको छ । साथै क्लबले नयां राष्ट्रपति जुआनलाई  शुभकामना र बधाई दिन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुरोध गरेको छ । अन्त्यमा विज्ञप्तीमा भनिएको छ संयुक्त राज्य अमेरिकाले राखेको प्रस्तावमा भारत, चीन, रसियालाई समेत सहमती जनाउन अनुरोध गरेको छ ।