नयाँ डोटेली गित ‘चुडी छमाछम’ (भिडियो )

प्रकाशित मिति:

डोटेली भाषाको गीत ‘चुडी छमाछम’ सार्वजनिक भएको छ । कंचनपुरका चर्चित युवा संगीतकार, रचनाकार, गायक एवं मोडल सन्तोष सुनार एकपटक फेरि नयाँ बोलको डोटेली गीत ‘चुडी छमाछम’ ल्याएर स्रोता दर्शक समक्ष आएका हुन् । यो गीतमा सुनारको आफ्नै शब्द, संगीत र स्वर रहेको छ ।

लामो समयदेखि नेपाली, डोटेली गीत संगीत क्षेत्रमा काम गर्दै आएका सन्तोषले पुराना पुस्ता र नयाँ युवा पुस्तालाई मनपर्ने खालको गीत संगीत पस्कने गरेका छन । नयाँ पुराना पुस्ताका दर्शकलाई ‘चुडी छमाछम’ गीतले लोभ्याउनेमा गायक सन्तोष ढुक्क छन । यो गीतलाई कृष्ण बिक ९भान्जा ले एरेन्ज गरेका हुन भने, गीतलाई मिक्सिङ्ग र मास्टरिङ्ग श्यामश्वेत रसाइलीले गरेका छन । यस्तै साउण्ड स्कोर नरेन्द्र बियोगीको, छायांकन लक्ष्मण घिमिरे, ड्रोन बिष्णु सेवा, एमयुए सुनिता खड्काको, गितको भिडियोलाई प्रदीप दाहालले सम्पादन गरेका हुन भने भिडियोलाई सुमित लामाले निर्देशन गरेका छन ।

गीतको भिडियोमा द मिरर ग्रुपका अर्मान बस्नेत, पृन्सिका श्रेष्ठ, राजकुमार घिमिरे, सागर हेल्लोवजन, निरज घिमिरे र सगुन स्याङ्तानको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई मनोज बस्नेतले निर्माण गतेका हुन । संगीतकार एवं गायक सन्तोष सुनारले यो गितको भिडियोलाई र गीतलाई हेरेर सुनेर कस्तो बनेको भएको छ प्रतिक्रिया दिन हुन अनुरोध गरेका छन्