आइतवारको दिन कस्तो छ ?

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको १३ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको सप्तमी तिथि राति ८.५७ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । चित्रा नक्षत्र राति ८.१४ बजेसम्म रहनेछ । आज धृति योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५५ मा छ भने सूर्यास्त बेलुका ५.३९ बजे हुनेछ ।चन्द्रमा आज कन्या राशिमा छन् । आज रविसप्तव्रत परेको छ । आइतबार सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । आज सूर्य भगवानको उपासना सँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।