महिला जेसिज : नेतृत्वको खुड्किलो

प्रकाशित मिति:

म आफु पत्रकारिता क्षेत्रमा संलग्न छु । मलाई विभिन्न संघसंस्थामा आबद्ध हुनुपर्यो भन्ने प्रस्ताव बेला बेलामा आईरहन्छन् । आफ्नो पेशा नै त्यस्तो जसको कारण पनि सबै तिर समय दिन अलि नभ्याउने पनि । यस्तैमा मलाई महिला जेसिजसँग जोडिनको लागि प्रस्ताव नआएको हैन तर बिबिध कारणले संलग्न हुन सकेको थिएन । यस्तैमा समाचार लेखनकै क्रममा कार्यक्रमहरुमा गइरहने भएकाले बुटवल महिला जेसिजको कार्यक्रम पनि जाने अवसर मिल्यो । महिला जेसिजको कार्यक्रमहरुको समाचार लेख्ने गरें । सम्पूर्ण टिमँंग सम्बन्ध राम्रो बन्दै गयो । उहाँहरुको हरेक कार्यक्रम किन किन पृथक र नयाँ नै लाग्ने ।

जब जेसिजसँग नजिक भएँ, बुझेँ ,जेसिज साँच्चै नेतृत्व विकास गर्ने प्ल्याटर्फम रहेछ । यसमा आबद्ध दिदीहरु व्यापार, जागिरमा संलग्न त हुनुहुन्छ नै त्यो बाहेक जेसिजमा आबद्ध भएपछि विभिन्न कार्यमा संलग्न हुनुहुन्छ । अर्को कुरा समूहमा कार्य गरे सफल भईन्छ भन्ने उदाहरण पनि बुटवल महिला जेसिजले २०१८ मा देशभरिकै उत्कृष्ट महिला शाखाको अवार्ड पाएर पुष्टि गरेको छ । अध्यक्ष राधिका पोख्रेल, उहाँको बोलीमा रहेको आत्मविश्वासले जेसिज साँच्चै लिडरसिपको ज्ञानको भण्डार भन्ने भान गराउँछ । राधिका दिदीले सबैसँग गर्ने व्यवहार,अध्यक्षको जिम्मेवारी निभाईको प्रयासमा सल्लाह, सुझाव लिने र अघि बढ्ने क्षमताले उहाँलाई सफल तुल्यायो । तुलनात्मक रुपमा यसमा आवद्ध सदस्यहरुले लगानी गर्नुपर्ने भन्ने आम बुझाई अल्लि फरक लाग्यो, यसमा आवद्ध सदस्यहरुले कहिलेकाँही पैसा खर्च गर्नुपरेपनि नेतृत्व विकासकै लागि खर्चिने गरेको मैले पाएँ ।महिला जेसिजका हरेक अभियानले सामाजिक दृष्टिले नै केही राम्रो र सकारात्मक असर छोडेको विश्वास मलाई छ । बर्ष २०१९ का लागि निर्वाचित अध्यक्ष लक्ष्मी थापा सहित सिंगो टिमलाई शुभकामना ।