प्राधिकरणबाट पाएको सुविधा कटौती भएको आरोप सहित बेलटारीका स्थानियद्धारा आन्दोलन

१३ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares


स्याङ्जा । नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन् । सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडक लगायतका माग उनीहरुले राखेका छन् । स्थानीय बासिन्दाले प्राधिकरणबाट पाएको सुविधा कटौती भएको आरोप लगाएका छन् ।

आयोजना निर्माण हुँदा आफूहरुको जग्गा जमीन सबै सकिएको र आयोजनाको निर्माणपश्चात सो ठाउँको विकास हुने सोचे पनि खानेपानी र उपभोग गरेको बाटोसमेत बन्द भएपछि बाध्य भएर आन्दोलनमा उत्रिन परेको स्थानीय बासिन्दा अनिस न्यौपानेले बताए । विद्यालय र गाउँलेलाई खानेपानीको समस्या हुँदा समेत आयोजनाले चासो नदेखाएको उनले गुनासो गरे।आयोजनाका प्रमुख राजेश पाण्डेले स्थानीयवासीको आन्दोलनले पावरहाउस जाने बाटो बन्द भएको र सवारीसाधन आवतजावत हुननसकेको जानकारी दिँदै हालसम्म स्थानीय बासिन्दाले आफूहरुसँग कुनै पनि माग औपचारिक रूपमा नराखेको बताए । आफूले प्रशासन र आयोजना रहेको गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएको प्रमुख पाण्डेले बताए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले आयोजना प्रमुख र स्थानीय बासिन्दासँग बसेर समस्याको समाधान गरिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • खर्च कम गर भने पछि श्रीमतीले गरिन् सम्बन्धबिछेद
  • राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै
  • कोरोनाभाइरस मार्न भन्दै चीन गएकी राखी सावन्त ‘प्रभू’को शरणमा पुगेपछि…{भिडियो…
  • पोखरामा डुंगा पल्टिँदा बेपत्ता भएका सुमित लुइँटेल मृत फेला
  • नेपाली क्रिकेटमा पुबुदु दासानायकेको पुनरागमन
  • राष्ट्रपति भण्डारीका लागि सार्वजनिक बिदा
  • ‘माफ गर बहिनी, केक बोक्ने’ हेलिकप्टरले तिमीलाई बोक्न सकेन !
  • वामदेवलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न सरकारलाई नेकपाको सिफारिस
  • मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम अब १५ अस्पतालमा
  • दिल्ली हिंसात्मक झडप : मृतकको संख्या २० पुग्यो