विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो

प्रकाशित मिति:

विराटनगर । मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ ।आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् । बुबा रामप्रसाद दासका अनुसार टीभी हेरेर घर फर्किदा छोरी घरमा थिइनन् । साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए

।आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको हो । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।