डा। केसीको समर्थनमा चिकित्सक संघ भोलिबाट रिले अनशनमा

प्रकाशित मिति:

डाक्टर गोविन्द केसीले १५ औें अनशनमा सरकारसंग गरेका सम्झौता विपरित चिकित्सा विधेयक पारित गरेको भन्दै चिकित्सक संघले सोमबारबाट रिले अनशन बस्ने घोषणा गरेको छ ।सरकारकारले भर्खरै पास गरेको राष्ट्रिय चिकित्सा विधेयकको विरोध साथै अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि चिकित्सक संघले रिले अनसन प्रारम्भ गर्ने घोषणा गरेको हो । सरकारले बलपूर्वक विद्येयक परित गरेको केसी समर्थक डाक्टरहरुको आरोप छ ।

आईतबार भएको चिकित्सक संघको निर्णय अनुसार उपत्यकाका चिकित्सकहरु त्रिवि शिक्षण अस्पतालमै अनसन बस्नेछन् । तर उपत्यकाबाहिरका डाक्टरहरुले स्वयम आबद्ध भएको अस्पतालमा रिले अनसन बस्ने भएका छन् ।बिहान १० देखि अपरान्ह ५ बजेसम्म रिले अनसन चल्ने चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो ।