पूर्वराजा ज्ञानेन्द्र शाह तराइ भ्रमणमा जाँदै

प्रकाशित मिति:

पारिवारिक भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौंबाट बुद्ध एयरको विमानबाट सीमरा जाने भएका छन् । पूर्व रानी कोमल र सहयोगीसंगै उनी अपरान्ह सीमरा विमानस्थल पुग्ने र र सीमरामा एक हप्ता भन्दा बढी बस्ने कार्यक्रम रहेको छ ।पूर्व राजा शाहले सिमरामा उच्च तहका राजनीतिक नेतासंग भेट्ने योजना रहेको बताइएकोछ ।

त्यसपछि पूर्वराजा शाह दमक जाने कार्यक्रम रहेको र त्यहाँ झण्डै एक महिना बसाई हुने बुझिएको छ ।निजी भ्रमण र बसाईका क्रममा पूर्वराजाले स्थानीय नेतासंगै सर्वसाधारणसंग पनि छलफल गर्ने छन् ।