अष्ट्रेलियाको गर्मीले नेपाली युवकको ज्यान लियो

प्रकाशित मिति:

अष्ट्रेलिया/ यती बेला अष्ट्रेलिया उच्च गर्मी छ । गर्मीका कारण यो समर ९डिसेम्बर १ देखि अहिलेसम्म मा ७३ जनाको मृत्यु भएको जनाइएको छ । यस वर्ष भन्दा अघिको रेर्कडमा गर्मीका कारण मृत्यु हुनेमा ४३ रहेको थियो ।

यसैबीच अष्ट्रेलियाको पश्चिम सिडनीमा एक नेपालीको पनि मृत्यु भएको छ । नुहाउने क्रममा पानीमा डुबेपछि गुहार मागिरहेका चार जनालाई ११स्३० तिर देखेपछि इमरजेन्सी सर्भिसलाई खबर गरिएको थियो ।

उनीहरूलाई नजिकका मानिसहरुले २० वर्षीय ३ जनाको उद्दार गर्न सफल भए । तर २५ वर्षीय एक नेपाली युवकको भने उद्दार हुन सकेन । त्यसपछि स्थानिय प्रहरी, न्यु साउथ वालेसको अग्नी सुरक्षा बल र स्टेट ईर्मजेन्सी सर्भिसको खोजीमा त्यहाँको समयानुसार दिँउसो १स्३० बजे नेपाली युवकलाई मृत फेला पारेको हो ।मृतक नेपालीको पुरा परिचय भने खुल्न सकेको छैन् ।