अवैध रुपमा काठ तस्करी गर्नेहरु प्रहरी फन्दामा

७ श्रावण २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
1 Shares


अवैद्य रुपमा काठ तस्करीमा संलग्न एकजना व्यक्तिलाई प्रहरीले दाङमा पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाको गस्ति टोलीले शनिवार मध्यराति ८ थान सालका अबैध चिरान घप्पु र ४ थान चिरान कडी सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वको प्रहरी टोलीले गढवा गाउँपालिका वडा नं. –५ तकियापुर बाट तस्करीको काठसहित काठ सोही ठाउँ निवासी ४२ बर्षीय ज्ञानु चौधरी भनिनेलाई पक्राऊ गरेको जानकारी दिइएको छ । अबैध काठ ओसार्न प्रयोग भएको साधन समेत प्रहरीले नियनन्त्रणमा लिएको छ । ८ थान घप्पु र ४ थान कडीको तौल गर्दा ८.६४ क्यूफिट रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चौधरीलाई प्रहरीले आवश्यक कार्वाहीका लागि ईलाका वन कार्यालय गढवाको जिम्मा लगाएको छ । यसैबीच ईलाका वन कार्यालय गढवाले पक्राउ परेका व्यक्तिलाई आइतवार जिल्ला वन कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालय प्रमुख शिबकुमार महतोले जानकारी दिनु भयो । पक्राउ परेका चौधरी विरुद्ध वन ऐन २०४९ र वननियमा वली २०५१ बमोजिम विगो कायमगरी मुद्दा चलाइने प्रुमख महतोले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया