ब्राजिलमा बने बाघ र शार्क माछाको आकारका विमान

प्रकाशित मिति:

विमानस्थलमा एकसाथ राखिएका अन्य विमानहरुभन्दा फरक देखिन र टाढैबाट चिनिने बनाउनका लागि ब्राजिलको एउटा कम्पनीले अनौठो उपाय अपनाएको छ ।ठूला विमानस्थलमा जब विभिन्न विमानहरु रोकेर राखिन्छ, तब तिनीहरु लगभग उस्तै देखिन्छन् र परबाट चिन्न गाह्रो हु्न्छ । यसै समस्यालाई मध्यनजर गर्दै ब्राजिलको एम्ब्रेयर नामको एक विमान उत्पादक कम्पनील यस्तो अनौठो तरीका निकालेको हो ।पहिचान गर्न सजिलो होस् भन्ने उदेश्ले कम्पनीले हालै बनाएको दुइवटा विमानलाई शार्क र बाघको आकार र रुपमा उत्पादन गरेको छ ।

यस्तै तरीका गएको वर्ष चीनको शिचुआन एअरलाइन्सले पनि अपनाएको थियो । शिचुआनले उत्पादन गरेको एउटा एअरबसलाई चीनको राष्ट्रिय जनावर पाण्डाको रुप दिएको थियो ।हवाइजहाजको भित्री बनावट र इञ्जिनियरिङमा तलमाथि पार्न नहुने भए पनि विमानको बाहिरी भागलाई विभिन्न रुप र आकार दिने प्रयास भने विश्वमा धेरै अघिदेखि भइरहेको छ ।सन १९९० को दशकमा पनि वेस्टर्न प्यासिफिक एअरलाइन्सले आफ्नो विमानको बाहिरी भागमा फक्स टेलिभिजनको थिम अनुसारको रंगरोगन गरेको थियो ।