प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका गरेका छन्। आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले हालै स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भएको सहभागिता तथा स्विट्जरल्याण्डसँग समेत आपसी हित तथा अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी गराएका राष्ट्रपति कार्यालयले बताएको छ।

सो भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, माननीय अर्थमन्त्री डा। युवराज खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो।