नग्न अवस्थामा बालिकाको शव भेटियो

प्रकाशित मिति:

काठमाडौँ, १३ माघ । मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् । आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । निवेदनपछि खोजी कार्य गरेको प्रहरीले नग्न अवस्थामा नालीमा बालिकाको शव भेटेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।