उद्योगीका माग अध्ययन पश्चात समाधानका उपाय निस्कने मुख्यमन्त्रि पोख्रेलको आश्वासन

प्रकाशित मिति:

इट्टा उद्योग व्यवसायी संघ प्रदेश नम्वर ५ ले आज मुख्यमन्त्रि शंकर पोखरेललाई इट्टा उद्योगलाई व्यवस्थित गर्न र उद्योगलाई आवश्यक पर्ने माटोको मुल्य निर्धारणका सम्वन्धमा ज्ञापन पत्र बुझाएको छ ।
इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेकाको नेतृत्वमा मुख्यमन्त्रिको कार्यालयमा गएको टोलीले सबै इट्टा उद्योगमा एउटै समयमा अग्नि प्रज्वलनको व्यवस्था गरी दिन र उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ माटो सहज रुपमा उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।सो अवसरमा बोल्दै अध्यक्ष घिमिरेले दोहोरो कर तथा वातावरण लगायतकाविषयमा प्रदेश सरकारले स्पष्ट निति बनाउने आशा व्यक्त गर्नु भयो । ज्ञापन पत्र बुझदै मुख्यमन्त्रि पोखरेलले उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको तर मागका सम्वन्धमा अध्ययन पश्चात मात्र भन्न सकिने बताउनु भयो ।