कुमार बने जीपी प्रष्तिठान जापानको अध्यक्ष

प्रकाशित मिति:

काठमाडौं – जीपी कोइराला फाउण्डेसन जापानको अध्यक्षमा नेपाली कांग्रेसका नेता कुमार कार्की चयन भएका छन् । उनलाई सन् २०१९ जनावरी २४ मा फाउण्डेसनले नियुक्ति दिँदै २ वर्षका लागि अध्यक्ष पदमा चयन गरेको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष एवम पूर्व प्रधानमन्त्री स्व:गीरिजाप्रसाद कोइरालाको स्मृर्तिमा स्थापित तथा पुर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला अध्यक्ष रहेको जि.पी. कोइराला फाउण्डेसनले बिधीबद रुपमा जापानमा नया कार्य समितीलाई पूर्णता दिँदै कार्कीलाई अध्यक्ष चयन गरेको हो ।