ॐ हेर्नुहोस् आजको राशिफल / २०७५ माघ १४ गते, सोमबार !

प्रकाशित मिति:

मेष राशिः प्रेमिल दिन रहनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कर्कट राशिः मनमा प्रशन्नता रहनेछ, धन लाभका साथै अध्ययन अध्यापनमा दिन व्यतित हुनेछ ।

सिंह राशिः मित्र लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

कन्या राशिः आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

तुला राशिः मीष्ठान्न प्राप्तिको योग देखिन्छ, कार्य उन्नतिका साथै दिन सुखद् रहनेछ ।

वृश्चिक राशिः शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै कार्यमा अवरोध देखिन्छ ।

धनु राशिः सामाजिक कार्यमारुचि जाग्नेछ, मित्र लाभका साथै दिन सुखद् रहनेछ ।

मकर राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धिका साथै प्राज्ञिक कार्यमा दिन व्यतित हुनेछ ।

कुम्भ राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धिका साथै मित्र सुख मिल्ने देखिन्छ ।

मीन राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै कार्यमा पनि अवरोध रहनसक्ने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५