आज अष्टमीव्रत, कस्ता कार्यका लागि शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ माघ १४ गते

१४ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
1K Shares


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको १४ गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको अष्टमी तिथि बेलुका ७।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । स्वाती नक्षत्र बेलुका ७।४८ बजेसम्म रहनेछ । आज शूल योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५५ मा छ भने सूर्यास्त बेलुका ५।४० बजे हुनेछ ।

चन्द्रमा आज तुला राशिमा छन् । आज अष्टमीव्रत परेको छ । आज दुर्गा भगवतीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

फेसबुकबाट तपाईको प्रतिक्रिया