कस्ता व्यक्तिले संसारमा विजय हासिल गर्न सक्नछन् ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

यः समुत्पतितं क्रोधमक्रोधेन निरस्यति ।
देवयानि विजानीहि तेन सर्वमिदं जितम् ।। – महाभारत जसले मनमा उत्पन्न हुने क्रोधलाई क्षमा भाव राखी मनबाट बाहिर निकाल्न सक्छ उसैले संसारमा विजय प्राप्त गर्दछ ।

क्रोध हाम्रो शत्रु हो । जसले क्रोधलाई वशमा गर्न सक्छ उसैले संसारमा विजयको पताका फहराउन सक्दछ । क्रोधलाई निरस्त गर्न मनमा क्षमाभावको जागृत गर्न सक्नु पर्दछ । यसरी क्रोधलाई क्षमा भावमा ल्याई निरस्त गर्न सक्ने व्यक्ति नै महान् हुन् । किनकि क्रोध नै विनाशको कारण हो भने क्षमा महादान हो । अतः आफूमा भएको क्रोध भावलाई त्याग गर्न सक्ने व्यक्तिले नै संसारमा विजय प्राप्त गर्न सक्दछन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –