दुर्घटनामा ज्यान गुमाएका एसपीको यो स्टाटसले सबैलाई भावुक बनायाे

प्रकाशित मिति:

काठमाडौं – गत शनिबार सवारी दुर्घटनामा ज्यान गुमाएका सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलले एउटा भावुक स्टाटस लेखेको भेटियो ।  उनले गत सेप्टेम्बर ४ मा लेखेको एउटा स्टाटस भाइरल भइरहेको छ । उनका सुभेच्छुकहरुले उनले लेखेको स्टाटससहित श्रद्धाञ्जली दिइरहेका छन् । यही स्टाटसलाई लिएर धेरैले धावुक पाेष्ट गरेका छन् । बाराको सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति रहेका पोख्ररेल बा १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परी ज्यान गुमाएका थिए । उनको घटनास्थलमै निधन भएको थियो ।

पोख्रेलले ४ सेप्टेम्बरमा आफूले जीवनमा पाएका सबै सफलताप्रति सन्तुष्ट रहँदै अब स्वर्गमा बास चाहियो भनेर स्टाटस लेखेका थिए । उनले गजलकाे भावमा भनेका थिए, ‘ सन्तोष गर्ने ठाउँ छ हजुर सबै चिज पाइयो, कुमाल गाउँबाट उदयपुर काठमाडुसम्म आइयो, महाराजगञ्जमा दौडधुप गर्दै असईमा जागिर खाइयो, एकवर्ष तालिम पछि काँदमा फुली लाइइो । २७ वर्ष जागिरे जीवन हाँसीखससी बिताउँदै एसपी पनि भइयो । संगठनले पत्याएरै होला गोरखा दक्षिणवाहु हुँदै जनसेवाश्री पनि पाइयो । सानो गाउँदेखि सुरु गरेको यात्रा युरोप, अमेरिका हुँदै अफ्रिकामा पनि छाइयो । अब त अन्तिम इच्छा को छ ? भनोर गुप्तले सोधेछन् भने भन्ने मनछ हजुर, अब स्वर्गको बास चाहियो ।