सडकमा खुला रुपमा बेचिने खानेकुरा स्वास्थ्यका दृष्टिकोणले हानिकारक

प्रकाशित मिति:

मुख्य क्षेत्रमा सडकमै खानेकुराका विक्रि गरिन्छ । केही सस्तो हुने भएकाले उपभोक्ताको पनि आकर्षण छ । तर, गुणस्तरमा न उपभोक्ताले ध्यान दिएका छन् न नियामक निकायले नै । व्यापारीलाई फाइदा भएपनि सडकका खानेकुरा जनस्वास्थ्यका दृष्टिले भने हानिकारक हुने चिकित्सकको भनाइ छ ।

सस्तो र तत्काल खान पाइने भएकाले काठमाडौंसहित देशका अन्य सहरी क्षेत्रमा पनि यसरी सडकमै बेच्ने र खाने प्रबृत्ति फस्टाउँदो छ । निम्न र मध्यमस्तरका उपभोक्ता लक्षित यस्ता ‘फास्टफुड’ले प्रायः खानेकुरा सडकपेटीमै बनाउँछन्÷पकाउँछन् । धुवाँ, धुलो, वरपरको वातावरणसमेत वास्ता नगरी बेच्ने र खाने प्रबृत्तिले उपभोक्ताको स्वास्थ्य भने जोखिममा परिरहेको चिकित्सक बताउँछन् ।सडकपेटीमा खुलारुपमा राखिने खानेकुरालाई धुँवा, धुलोले विषाक्त बनाउँछ । झिंगा, भुसुना, लामखुट्टे बस्दा खाना प्रदूषित हुन्छ । नजिकै ढल बगिरहेको हुन्छ, त कतै फोहोरको थुप्रो ।भाँडावर्तन र खानेकुरा राम्ररी पखालेको पनि हुन्दैन । पटक–पटक एउटै तेल प्रयोग गरिन्छ । तरपनि पारखी यस्ता खानेकुराको स्वच्छतामा त्यति ध्यान दिँदैनन् ।

सडक अतिक्रमण भयो भनेर महानगरले बेला–बेलामा हटाउनु बाहेक यस्ता विक्रि केन्द्रमा सरकारी निकायले वास्ता गरेका छैनन् । सरोकारवाला सरकारी निकाय खाद्य प्रविधि र गुण नियन्त्रण विभाग मापदण्ड नै नभएकाले अनुगमन गर्न नसकिएको बताउँछ । प्रविधि र गुण नियन्त्रण विभाग व्यवसायी पनि बहाल र कर नतिरी दैनिक हजारौंको व्यापार गरिरहेका छन् । सिटी सेन्टर, भाटभटेनी सुपर मार्केटमा राखिएका चिटिक्कका स्टलमा समेत प्रदुषित खानेकुरा विक्रि भइरहेको अनुगमनका क्रममा भेटिएको थियो ।जनस्वास्थ्यसँग जोडिएका यस्ता विक्रि केन्द्र न कतै दर्ता छन, न केही भइहाले उजुरी गर्ने प्रबृत्ति नै छ । ‘स्ट्रीट फुड’ सहरी क्षेत्रको विशेषता त हो । तर, जहाँ पायो त्यही, जसरी पनि जनस्वास्थ्यमै असर पर्ने गरी यसलाई प्रोत्साहित गरिनु हुँदैन ।