नेपालको तेस्रो विकेट पतन, दीपेन्द्र पनि आउट

प्रकाशित मिति:

काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द्रले ६ रन बनाएर आउट भए ।यसअघि नेपालका ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भएका थिए । त्यस्तै, विनोद भण्डारी ९ रनमा आउट भए ।२० ओभरको खेल चलिरहदा नेपालको स्कोर तीन विकेटको क्षतिमा ९८ रन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको हो ।यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।