विपद् जोखिम न्युनिकरण तथा आपतकालिन मानवीय (प्रतिकार्य) पद्धति तालिम सम्पन्न

प्रकाशित मिति:

नमुना एकीकृत विकास परिषद रुपन्देहीको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशल नेपालको साझेदारीमा तीन दिने विपद् जोखिम न्युनिकरण तथा आपतकालिन मानवीय (प्रतिकार्य) पद्धति तालिम भैरहवामा सम्पन्न भएको छ । तालिममा रुपन्देहीका पाँच वटा स्थानीय तह अन्तर्गत तिलोत्तमा नगरपालिका, सियारी, शुद्धोधन, सम्मरीमाई र ओमसतिया गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्य, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी लगायत गरी २४ जनाको सहभागिता रहेको थियो ।
तालिमको आइतबार समापन कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले विपद्को न्युनिकरणको लागि स्थानीय तहद्धारा विनियोजित बजेटको सदुपयोग हुनुपर्ने बताउनु भयो । उहांले विपद् भनेको सबैले बुझेको विषय भएकोले विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेकोमा जोेड दिनु भयो ।
नमुना एकीकृृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले विपद्को पूर्व तयारी गरे विपद्को न्युनिकरणमा ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाले मानव सहायताका कुरामा संवेदनशिल हुनुपर्ने धारणा राख्नु भयो ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले विपद् व्यवस्थापनको लागि नगरपालिकाले बजेट छुट्याएको बताउनु भयो ।