गोठमा आगलागी हुँदा रामेछापमा ११ महिने शिशुको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । गोठमा आगलागी हुँदा रामेछापमा ११ महिने शिशुको मृत्यु भएको छ ।रामेछाप नगरपालिका ६ पिपलटार बस्ने शंखमान मगरको गोठमा सोमबार बिहान आगलागी हुँदा उनका छोराको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।उक्त आगलागीबाट अन्नपात, लत्ताकपडा समेत जलेर करिब एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । घटनाको बारेमा थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।