पूर्वयुवराज पारसलाई हृदयघात

प्रकाशित मिति:

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनी नर्भिक अस्पतालको आईसीयूमा राखेर उनको उपचार जारी रहेको छ ।छातिमा समस्या आएपछि पारसलाई दिउसो साढे चार बजे नर्भिक ल्याइएको थियो । त्यहाँ डा। यादवदेव भट्टसहितको टिम उनको उपचारमा सक्रिय छन् । शाहको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्रयास भइरहेको अस्पताल स्रोतले बतायो ।

पारसलाई मुटुको पुरानो समस्या छ । यसअघि उनी दुईपटक हृदयघातको शिकार भएका थिए । आज बिहान उनी ललिपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा दर्शन गर्न पुगेका थिए ।