अनसन र धर्ना जस्ता क्रियाकलाप नगर्न शिक्षण अस्पतालको आग्रह

प्रकाशित मिति:

काठमाण्डौ/ त्रिवि शिक्षण अस्पताल महाराजगंजले आफ्नो हाताभित्र धर्ना, अनसन, हडताल जस्ता बिरोधका क्रियाकलाप नगर्न आग्रह गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्काले सोमबार विज्ञप्ति निकालेर यस्ता गतिबिधि नगर्न आग्रह गर्नुभएको हो ।अस्पताल हाताभित्र हुने विरोधका कार्यक्रमले बिरामीको उपचारमा समस्या पर्ने भन्दै नियमित स्वास्थ्य उपचारको सेवा प्रदान गर्न पनि अस्पताल प्रशासनले डाक्टरहरुको ध्यानाकर्षण गराएको छ ।

अनसनरत डा। केसीको समर्थनमा नेपाल चिकित्सक संघले रिले अनसन थालेकै दिन अस्पतालले यस्तो आग्रह गरेको हो । डा। केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक संघले थालेको आन्दोलनप्रति डाक्टरहरु नै विभाजित भएका छन् ।