बेपत्ता बालक ३४ दिनपछि मृत अवस्थामा भेटिए

प्रकाशित मिति:

बझाङ / बझाङमा ३४ दिन अघि घरबाट हराएका सुस्तमनस्थिति भएका बालक आइतबार मृत अवस्थामा फेला परेका छन् ।खप्तड छान्ना गाँउपालिका–६, पुजारीगाँउका तेज बहादुर खड्काका १४ वर्षिय छोरा शक्ति खड्का गएको पुस ९ गते सोमबार घरबाट बेपत्ता भएका थिए । घरबाट बेपत्ता भएको ३४ दिन पछि तमैल बजार नजिकै मृत अवस्थामा बालकलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता भएका खड्काको खोजी कार्यका लागि स्थानीय र प्रहरी लागि परेका थिए । आइतबार तमैल बजार नजीकै १४ वर्षिय बालकलाई मृत अवस्थामा फेला पारेको हो । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको बालकका दाजु सन्तोस खड्काले बताउनुभयो ।बालकको मृत्यु के कति कारणले भएको हो भन्ने जानकारी नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।