रामेछापको डाङसिङटारमा आगलागी

१४ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
7 Shares


रामेछाप नगरपालिका वडा नं—६ डाङसिङटारका शंकरबहादुर मगरको घरमा आगलागी हुँदा १ घर र १ गोठ जलेर नष्ट भएको छ भने उनका ११ महिने छोरा दीपेन्द्र मगरको पनि डढेर मृत्यु भएको छ ।सोमवार दिउँसो घरमा बालक सुताएर बस्तुलाई घाँस काट्न गएकी आमाले फर्केर आउँदा आफ्नो सन्तानलाई जिउँदो भेटन सकेनन् । बच्चालाई घरमा एक्लै सुताएर घाँस काट्न गएकी दिपेन्द्रकी आमालाई गाउँलेहरुले बोलाएपछि उनी घाँस काट्न छोडेर घरमा आइपुगेकी थिइन । तर उनले आफ्नो सुताइ राखेको छोराको मुख समेत देख्न पाइनन् ।

शंकरवहादुरको घरवाट अकस्मात धुवाको मुस्लो निस्किएपछि गाउँलेहरु घटनास्थलमा पुगेका थिए । घटनास्थल पुगेका गाउँलेहरुको सहयोगमा आगो नियन्त्रण गरेता पनि बच्चालाई भने जोगाउँन नसकेको वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो(आँगलागीमा परि भूकम्प पछि घर निमार्णको लागि राखिएको नगद ५० हजार रुपैयाँ, सुन, गरगहना, लत्ता कपडा, खाद्यान्न लगाएत गरि करिव ५ लाख ५० हजार वरावरको क्षति भएको छ ।

खरको छानो भएका कारण घरमा लागेको आँगो नियन्त्रण गर्न धेरै समस्या भएको अध्यक्ष कार्कीले वताउनुभयो । घटनाको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी निरीक्षकको टोली घटनास्थल पठाइएको छ । घटनामा ५ लाख वरावरको क्षति भएको आंकलन गरिएको छ भने बालकको घटनास्लवाट शव निकालेर पोष्र्टमार्टमको लागि जिल्ला अस्पताल रामेछापमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक अमरेन्द्रवहादुर सिंहले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया