नेपाली कांग्रेस रुपन्देहीले २१ गते विशाल विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति:

वुटवल \ नेपाली कांग्रेस केन्द्रीय समितीको ७७ जिल्लामै विरोध प्रदर्शन गर्ने निर्णय अनुसार नेपाली कांग्रेस रुपन्देहीले रुपन्देहीको भैरहवामा २१ गते विशाल विरोध प्रदर्शन गर्ने भएको नेपाली कांग्रेस रुपन्देहीका सचीव रामकृष्ण खाणले जानकारी दिनु भएको छ । प्रतिनिधि सभालेले पारित गरेको चिकित्सा शिक्षा विधेयकको विरोधमा विरोध प्रदर्शन गर्न लागीएको हो । २१ गते हुने विरोध प्रदर्शन निम्न ६ मुद्दामा केन्द्रीत रहनेछ — संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना , प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा गोविन्द के सी को अनसनप्रति संवेदनहीन व्यवहार । स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना । देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठहर्‍याउने षडयन्त्र । महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू को विरोराधमा गर्न लागीएको वृहत विरोध सभामा सहभागी हुन सवै लाई नेपाली कांग्रेसका जिल्ला सचीव रामकृष्ण खाणले आग्रह गर्नु भएको छ